Thursday, September 21News That Matters

काठमाडौं महानगरपालिकाले आंगन मिठाई पसललाई जरिवाना

गुणस्तरहीन खाद्यवस्तु बिक्री गरेको भन्दै काठमाडौं महानगरपालिकाले लाजिम्पाटस्थित आंगन मिठाई पसललाई जरिवाना गरेको छ ।

 

नगरका अनुगमन अधिकृत बलराम त्रिपाठीका अनुसार सडेको मिठाई बिक्री गरेको भन्दै आङ्गन मिठाई पसललाई रु एक लाख ५० हजार जरिवाना गरिएको थियो ।

 

त्रिपाठीले लाजिम्पाटस्थित आंगन मिठाईका सञ्चालक अंकुर अग्रवाललाई एक साताभित्र जरिवाना रकम तिर्न निर्देशन दिइएको बताए ।

 

अग्रवालले तोकिएको समयभित्र जरिवानाको रकम नतिरे थप जरिवाना गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *